फ्लाई दुबईको जहाज आफ्नो गन्तव्यतर्फ जाँदैछ: मन्त्री किराँती

काठमाण्डु टुडे २०८० वैशाख ११ गते २३:२३ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख एउटा इन्जिनमा आगोको झिल्का देखिएपछि आकाशमै होल्ड भएको फ्लाई दुबईको जहाज गन्तब्यतर्फ गएको छ ।
सोमबार राति ९ बजेर २३ मिनेटमा उडेको जहाजमा समस्या आएपछि केहीबेर आकाशमै होल्ड भएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज दुबई प्रस्थान गरेको बताए ।
सामाजिक सञ्जालमार्फत उनले फ्लाई दुवई जहाज सुरक्षित रुपमा आफ्नो गन्तव्यतिर जाँदै गरेको उल्लेख गरे । केही चिन्ता नगर्नु भन्दै उनले यात्रुलाई शुभयात्रा भनेका छन् ।
नागरिक उड्डयन कार्यालयका अधिकारीहरुका अनुसार एउटा इन्जिनमा जहाज दुबई पुग्न सक्ने भएकाले जान दिइएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us