स्वर्णिम वाग्ले भन्छन्ः लोकतन्त्रमा एउटा व्यक्तिले जादूको छडी चलाएर चमत्कार गर्न सक्दैन

काठमाण्डु टुडे २०८० वैशाख ११ गते २१:०३ मा प्रकाशित

तनहुँ, ११ वैशाख– आइतबार सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ–१ मा उम्मेदवार रहेका डा. स्वर्णिम वाग्लेले निर्वाचनमा जनताले व्यक्त गरेको मतादेश पुराना दलप्रतिको वितृष्णाको परिणाम भएको टिप्पणी गरेका छन् ।

जारी मतगणनामा प्रतिस्धर्पीसँगको मतान्तर निकै फराकिलो बनाइरहेका वाग्लेले सोमबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नयाँ र युवाहरुले नेतृत्व गरेको राजनीतिक दलप्रति जनआकर्षण बढेको बताए । पुराना दलहरुको कार्यशैली नसुधारिएका कारण जनताले उनीहरुको विकल्प खोजेको वाग्लेको भनाइ थियो ।

यद्यपि उनले लोकतन्त्रमा एउटा व्यक्तिले जादुको छडी चलाएर चमत्कार गर्न नसक्ने स्पष्ट गरे । ‘लोकतन्त्रमा एउटा व्यक्तिले जादूको छडी चलाएर चमत्कार गर्ने भन्ने हुँदैन’, उनले भने, ‘सबै सामूहिक रूपमा र प्रणालीबाटै गर्ने हो ।’ आफूले जितेपछि चुनावअघि गरेको बाचा पुरा गर्न इमन्दार प्रयास गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us