
काठमाण्डु, ११ वैशाख– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले बारा–२ मा प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणामअनुसार यादव २ हजार ९ सय ५७ मतसहित अगाडि छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहा २ हजार ३ सय ९ मतसहित यादवलाई पछ्याइरहेका छन् । यादवले मतगणनाको सुरुआती चरणदेखि नै अग्रता कायम गरेका थिए ।
पछिल्लो गणनामा उनले मतान्तर बढाउँदै लगेका छन् । एमालेका पुरूषोत्तम पौडेलले १ हजार ४ मत पाएका छन् ।