
काठमाण्डु, ११ वैशाख– बारा–२ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन । यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका छन ।
पछिल्लो मत परिणाम अनुसार कुशवाहले ६०१ मत प्रप्त गरेका छन भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत प्रप्त गरेका छन ।
यस्तै एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत प्रप्त गरेका छन ।