
काठमाण्डु, ११ वैशाख– हिजो भएको प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत चितवन–२ को मतगणनामा एमालेले सुरुवाती अग्रता लिएको छ ।
आज (सोमबार) दिउँसो सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन ।
इच्छाकामना गाउँपालिका–१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत प्रप्त गरेका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा रहेका छन भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत प्रप्त गरेका छन ।