
एजेन्सी– अमेरिकन एयरलाइन्सको एक विमानसँग चरा ठोक्किएको छ । त्यसपछि विमानको इन्जिनमा आगो लागेको छ । करिब २० मिनेटसम्म उडेपछि यसलाई ओहायोमा आपतकालीन अवतरण गरीएको छ ।
घटना अमेरिकी समयानुसार आइतबार बिहान भएको हो । यसको भिडियो आज सार्वजनिक भएको हो । डेली मेलको रिपोर्ट अनुसार बोइङ ७३७ फ्लाइट ब्ब्ज्ञढछड ले ओहायो राज्यको कोलम्बस सहरको जोन ग्लेन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान पौने ८ बजे उडान भरेको थियो ।
उक्त विमान एरिजोना राज्यको फिनिक्स सहर पुग्नुपर्ने थियो तर उडेको ४० मिनेटपछि करिब ८:२२ मा जोन ग्लेन विमानस्थल फिर्ता भएर अवतरण गरीएको थियो ।
एक यात्रुले एनबीसीफोर न्युजलाई भने, ‘उडान भरेको केही मिनेटपछि विमानमा निकै ठुलो आवाज सुनियो । इन्जिनले काम गर्न छोडेको जस्तो महसुस भयो ।
के भयो हामीले बुझ्न सकेनौँ । त्यसपछि पाइलटले दुर्घटना बारे जानकारी दिए । विमानसँग चरा ठोक्किएको उनले बताए ।’