२ अंकले नेप्से घट्दा ९६ करोडको कारोबार

काठमाण्डु टुडे २०८० वैशाख ३ गते १६:०० मा प्रकाशित

काठमाण्डु, ३ वैशाख- नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट भएको छ ।

सेयर बजार परिसूचक नेप्से आइतबार २।८० अंकले गिरावट हुँदा १९३१।६८ अंकमा बन्द भएको छ । आइतबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ ।

आज कारोबाररकम ९६ करोड ६६ लाख २२ हजार रुपैयाँमा झरेको छ । आज चार वटा उपसूचक बाहेक बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । बैङ्किङ समूहको उपसूचक झिनो ०.०१ प्रतिशतले मात्र बढेको छ भने होटेल तथा पर्यटन समूहको उपसूचक ४.६५ प्रतिशतले, जीवन बीमा समूह ०.०९ प्रतिशतले र निर्जीवन बीमा ०.२२ प्रतिशतले बढेको छ ।

अन्य ९ वटा उपसूचक १ प्रतिशत कमले घटेका छन् । आज आदर्श लघुवित्त वित्तीय संस्था, मोलुङ हाइड्रोपावर कम्पनी र कालिन्चोक दर्शनको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेको छ भने एसियन हाइड्रोपावरको सेयर मूल्य ७.८३ प्रतिशतले घट्न पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us