
काठमाण्डु, २८ चैत– नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्यको छ ।
अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले बढ्दै १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्रै बढ्दै एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।