
काठमाण्डु, २४ चैत -नेपाल सरकारले नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी०) मा बढुवा गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार चार डीआइजीलाई एकआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
बैठकले डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा गरेको छ। समीतीले चैत १३ गते चारै जना डीआइजीलाई एआईजीमा बढ्वा गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।