८ अंकले बढ्यो नेप्से,कारोबार रकम भने घट्यो

काठमाण्डु टुडे २०७९ चैत २२ गते १६:०९ मा प्रकाशित

काठमाण्डु ,२२ चैत- बुधवार सेयर बजार परिसूचक नेप्से ८.३९ अंकले बढ्दै १८ सय ७५.०७ अंकको विन्दुमा उक्लिएको छ ।

बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।आज कारोबार रकम भने ८१ करोड ६० लाख ४६ हजार रुपैयाँ झर्न पुगेको छ ।

मंगलबार करिब ९२ करोडको कारोबार भएको बजारमा बुधबार ८१ करोड ६० लाखमा झरेको हो । आज म्यानु एण्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक धनात्मक भएका छन् ।

सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक १.०४ प्रतिशतले बढेको छ भने अन्य ९ वटा उपसूचक १ प्रतिशत भन्दा कमले बढेका छन् । म्यानु एण्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक भने आज क्रमशः ०.१० प्रतिशतले , ०.५२ प्रतिशतले र ०.४१ प्रतिशतले घट्न पुगेको छ ।

आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने सिटिजन्स् म्युचुअल फन्डको मूल्य ७.१४ प्रतिशतले घट्न पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us