
काठमाण्डु, १९ चैत– शहरी विकासमन्त्री सीता गुरुङले प्रकोप प्रभावित भई घरबिहीन बनेका नागरिकलाई वर्षा सुरू हुनु अगावै ओत् लाग्न पाउने गरी आवासको सुविधा पुर्याउन निर्देशन दिएकी छन ।
आज आइतबार मन्त्रालयमा भएको शहरी विकास तथा भवन निर्माण विभागको स्वागत र बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
उनले विपद् प्रभावित भई घरबिहीन बनेका नागरिकलाई दुई महिनाभित्रै आधारभूत आवास सुविधाको प्रबन्ध गर्न निर्देशन दिएकी छन ।
उनले भनिन्, ‘संविधानले नै नागरिकलाई आधारभूत आवास सुविधाको कुरा मौलिक हककोरुपमा व्यवस्था गरेको छ ।
त्यससम्बन्धी कानूनी प्रावधान र अनुदानको व्यवस्थासमेत छ,’ मन्त्री गुरुङले भनिन्, ‘संविधान र कानूनबमोजिम जसले सुरक्षित आवासको सुविधा पाउने हो, उसलाई वर्षा सुरू हुनुअगावै आधारभूत आवासको सुविधा पुर्याउनुस् ।’