सांसद दीपक सिंहको प्रश्न :ठूला दलहरुले मिसन महाकाली कहिले सुरु गर्ने ?

काठमाण्डु टुडे २०७९ चैत १९ गते १४:५१ मा प्रकाशित

काठमाण्डु ,१९ चैत- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले महाकाली, कालापानी, लिपुलेकको बारेमा किन कसैले संसदमा बोल्न नसकेको भन्दै प्रश्न गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो प्रश्न गरेका हेन । उनले भने– ‘महाकाली, कालापानी, लिपुलेकको बारेमा आजसम्म कसैले किन आजसम्म एक शब्द बोल्न सकिरहेको छैन ?  सत्ता जानसक्छ भन्ने डरले बोल्न नसकेको हो कि ?’उनले ठूला दलले मिसन महाकाली, मिसन किसानले मल नपाएको विषय नउठाएको बताए ।

उनले भने– ‘म भन्न चाहन्छु यी ठूला दलहरुले मिसन महाकाली कहिले सुरु गर्ने ? किसानले मल पाइरहेको छैन, भएको अनुदान कट्टा गर्न लागिरहेको छ । के नेपालका किसानहरुलाई खाडी मुलुक जा भन्न खोजिरहेको त हैन सरकारले रु सांसद उनले ठूला पार्टीले मिसन ग्रास रुट, मिसन माउन्ट एभरेष्ट सुरु गरेको तर किसानले मल नपाएको विषयमा नबोलेको भन्दै गुनासो गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us