सांसद डाँगीको प्रश्न : म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ?

काठमाण्डु टुडे २०७९ चैत १९ गते १४:३५ मा प्रकाशित

काठमाण्डु ,१९चैत- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले संसद भवनमा प्रयोग भएका कुर्सीलगायतका पूर्वाधार नेपालमै बनेको हो कि अन्य देशबाट आयात भएको हो त्यसबारे सरकारसँग जानकारी माग गरेकी छन् ।

आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले ‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? कि नेपालमा नै बनेको हो ? उनले भनेकी छन्, ‘कुर्सीमा लागि जुन झगडा हुने गरेको छ ।

सभामुख र प्रधानमन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो रु’सांसद डाँगीले सिंहदरवार, वालुवाटार, शितलनिवास र संसद भवनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गर्नुपर्ने बताएकी छन्।

‘सिंहदरवार, वालुवाटार, शितलनिवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौं । यहाँ प्रयोग हुने केर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ उनले भनिन् ।

आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ त्यसबारे पनि सदनलाई जानकारी गराउन उनको माग छ । आर्थिक वर्ष २०७८र०७९ मा ८८ हजार केजी टुथ पिक र करिब करिब २६ लाख बराबरको ट्वाइलेट पेपर भित्रिएको तथ्यांक प्रस्तुत गर्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।‘टुथपिक र ट्वाइलेट पेपरमा करिब ४१ करोड बराबर बाहिरिएको छ ।

यी उदाहरण हुन’ उनले भनेकी छन्, ‘टुथपेस्टदेखि स्याम्पुसम्म, मोबाइलदेखि कारसम्म हुँदा हुँदा चामलसम्म आयात । आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ ?आन्तरिक उत्पादन बढाउने नीति अंकमा देखिने गरी किन लागू नभएको हो समीक्षा गरी सुधार हुने गरी नीति बनाउने गरी छलफल चलाउन सरकारको ध्यानाकर्षण गरेकी छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us