
काठमाण्डु, १९ चैत– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव बारा–२ मा उम्मेदवारी दिनका लागि बारा पुगेका छन् । आगमी १० वैशाखमा बारा–२ , तनहुँ–१, र चितवन–२ मा हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता गराउने कार्य तालीका रहेको छ ।
बारा–२ मा हुने उपनिर्वाचनका लागि जसपाले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेसँग उनी आजै बारा गएका हुन ।
सप्तरी–२ बाट चुनाव हारेका अध्यक्ष यादव बारा–२ को उपनिर्वाचनमा उम्मेदवारी दिन लागेका हुन । बारा–२ बाट प्रतिनिधिसभा चुनाव जितेका रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएको हो ।
खाली भएको क्षेत्रमा भइरहेको उपचुनावमा जसपाका तर्फबाट अध्यक्ष यादव, जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिने घोषण गरीसकेका छन ।