रामेछापमा जीप दुर्घटना, एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत १९ गते ११:२६ मा प्रकाशित

रामेछाप, १९ चैत– रामेछापको खाँडादेवि गाउँपालिका–१ डाँडागाउँमा शनिबार जीप दुर्घटना हुँदा एक जनाको मूत्यु भएको छ ।

मूत्यु हुनेमा खाँडादेवि गाउँपालिका–७ का ३३ वर्षका कालुमान तामाङ रहेका छन । यस्तै दुर्घटनामा परि अन्य सात जना घाइते भएका छन् । खाँडादेवी गाउँपालिका–२ दिमीपोखरीबाट काठमाण्डुको लागि छुटेको बा १६ च ३२२५ नम्बरको जीप खाँडादेवि–१ डाँडागाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा बोलेरो चालक तामाङको घटनास्थलमै मूत्यु भएको प्रहरीले बताएको छ । यस्तै, खाँडादेवि गाउँपालिका–७ का ३७ वर्षका रुपसिंह तामाङ, २३ वर्षकी सुष्मा तामाङ र

उनका छोरा १० वर्षका नेस्नल तामाङ, ३३ वर्षकी सविना तामाङ र उनकी छोरी ७ वर्षकी कुुइन तामाङ, ४२ वर्षका दिनेश श्रेष्ठ र एक जना जापानका नागरिक ४३ वर्षकी सातो काजुभी घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us