सरकार र मिटरब्याज पीडितबीच गृह मन्त्रालयमा वार्ता जारी

काठमाण्डु टुडे २०७९ चैत १६ गते १२:१७ मा प्रकाशित

काठमाण्डु,१६ चैत– गृह मन्त्रालयमा सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच वार्ता जारी । सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी रहेका छन ।

संघर्ष समितिले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताएका छन । आज बिहिबार १२ बजेदेखि बानेश्वरमा धर्ना र आन्दोलन जारी राख्ने संघर्ष समितिका सदस्य संघर्ष दाहालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us