
काठमाण्डु,१५ चैत– पछिल्लो २४ घण्टामा देशभर थप ३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो ६ दिनको एकमुष्ट विवरण हो । मन्त्रालयले देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या १०३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थप ६१ हजार १२९ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।