सांसद कान्तिका सेजवालको प्रश्न: बालबालिकालाई दिनमा १५ रुपैयाँको खाजाले पुग्छ ?

काठमाण्डु टुडे २०७९ चैत १५ गते १५:१५ मा प्रकाशित

काठमाण्डु,१५ चैत– प्रतिनिधि सभाको आज बसको बैठकमा सांसद कान्तिका सेजवालले सरकारले विद्यालयमा दिवा खाजाका लागि दिएको रकम बढाउन माग गरेकी छन् ।

सरकारले हाल ६ कक्षासम्मका बालबालिकालाई दिवा खाजा दिँदै आएको छ । जसका लागि वर्षको १८० दिनसम्म हिमाली जिल्लामा प्रतिदिन प्रतिविद्यार्थी २० रुपैयाँ र पहाड तथा तराईमा १५ रुपैयाँ दिने गरिएको छ ।

यो रकमले बालबालिकालाई खाजा नपुग्ने भन्दै सांसद सेजवालले बढाउन माग गरिकि छन । ‘२० र १५ रुपैयाँले बालबालिकालाई खाजा किन्न भ्याउँछ कि भ्याउँदैन ?’ उनले प्रश्न गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us