राजेन्द्र लिङ्देनको प्रश्न: के गणतन्त्रमा राजाबादी हुने छुट कुनै नागरिकलाई छैन?

काठमाण्डु टुडे २०७९ चैत १५ गते १४:३४ मा प्रकाशित

काठमाण्डु,१५ चैत– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन भनेर प्रश्न गरेका छन् । मंगलबार मिटरब्याज पीडित नागरिकको आन्दोलनमा ऐक्यवद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको र त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको उनले बताएका छन ।

उनले भने, ‘ एउटा जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेता पीडितहरुसँग ऐक्यवद्धता व्यक्त गर्न जाँदाखेरि सत्तापक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुव्र्यवहार गर्ने प्रयास गरियो म त्यसको भत्र्सना गर्दछु’ म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजाबादी हुने छुट कुनै नागरिकलाई छैन ? ’ अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितको समस्या ढाकछोप र अलमल्याउने काम गर्ननहुने बताएका छन ।

उनले कोशी प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलन मुठभेडतर्फ अघि बढेको भन्दै सरकारले अनदेखा गरिरहेको बताएका छन ।

उनले सैद्धान्तिक रुपमा आफूहरु प्रदेश संरचनामा विमति राख्ने भन्दै लिङ्देनले प्रदेश संरचना आर्थिक रुपमा बोझिलो र झञ्झटिलो हुने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us