
मोरङ ,१५ चैत– प्रहरीले मोरङको रंगेलीबाट २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार जना भारतीय र एक जना नेपाली रहेका छन ।
पक्राउ पर्नेमा भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंह सहित ५ जना रहेका छन । मंगलबार प्रहरी टोलीले रङ्गेली नगरपालिका–२ चेका खोलास्थित गहुँबारीबाट दुई भारतीय नागरिकलाई १५० किलो गाँजासहित पक्राउ गरेको प्रहरीले बताएको छ ।
चेकजाँचका क्रममा झा र सिंह १५० किलो गाँजासहित पक्राउ परेको मोरङका डीएसपी रञ्जनकुमार दाहालले जमनकारी दिएका छन । पक्राउ परेकाहरुले रङ्गेली नगरपालिका–३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा ल्याएको बताएपछि प्रहरी उनको घरमा खानतलासीका लागि पुगेको थियो ।
घर खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटेको प्रहरीले बताएको छ । प्रहरीले सो स्थानबाट कार्कीसहित गाँजा ओसारपसारमा भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई पक्राउ गरेको थियो ।
दुई स्थानबाट २३४ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पाँचै जनाविरूद्ध मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान सुरु गरीएको प्रहरीले बताएको छ ।