
काठमाण्डु,१५ चैत– कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भोली (बिहीबार) एक चरणको मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका छन ।
आज (बुधबार) प्रधानमन्त्री को सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि कांग्रेस नेता लेखकले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका छन ।
उनले मन्त्रिपरिषद् दुई चरणमा पुनर्गठन हुनेगरी छलफल भएको बताएका छन । उनले आज बिहान बसेको बैठकमा १० दलमा गम्भीर छलफल भएको र पुनः दिउँसो ३ बजे बस्ने बैठकमा सहमति जुटाएर अघि बढिने बताएका छन ।
उनले भने ‘सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ । दुई चरण मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’