सत्तारुढ १० दलको बैठकः मिलेन मन्त्रालय भागबण्डा

काठमाण्डु टुडे २०७९ चैत १४ गते १९:२७ मा प्रकाशित

काठमाण्डु, १३ चैत– मन्त्रालय भागबण्डा गर्न बसेको सत्तारुढ घटकको बैठक बिनानिस्कर्ष सकिएको छ ।

मन्त्रालय भागबण्डाबारे सहमति जुटाउने प्रयासमा सत्तारुढ १० दलका शीर्ष नेताको बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा सहभागी काँग्रेस नेता रमेश लेखकले दलहरुबीच भागबण्डामा कुरा मिल्न नसकेको बताए ।

मन्त्रालयको संख्यामा कुरा मिले पनि कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे सहमतिमा पुग्न बाँकी रहेको बताए । लेखकले बुधबार फेरि बैठक बसेर सहमति कायम गरिने उल्लेख गरे । यद्यपि मन्त्रालय भागबण्डामा कुनै विवाद नरहेको उनको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us