
काठमाण्डु, १२ चैत- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित भनेर छुवाछुत गर्नेकुरालाई जघन्य अपराध मानेर जन्मकैदको फैसलाको व्यवस्था संविधानमा गर्नुपर्ने बतायका छन।
आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै नसक्ने बताएका छन ।
उनले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका हेन। सांसद गौतमले नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था नगरेको दाबी गरे ।
उनले संविधानमा दलित समुदायको हक र अधिकार भन्नु नै दलितको र उत्पीडन रही रहन्छ भन्ने रहेको बताए । उनले भने, ‘हाम्रो संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था गरेको छैन । हाम्रो ऐनले गरेको छैन । नियमावलीले झनै गर्नेकुरा नै भएन । यो संविधानमा दलित समुदायको हक र अधिकार भन्छ ।
भाषा उपयुक्त छ, कतै मलाई लाग्दैन । भेदभाव र छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्छ । छुवाछुतर भेदभाव गर्नेलाई जघन्य अपराध घोषणा गरौँ ।’सांसद गौतमले छुवाछुत र भेदभावलाई जघन्य अपराध घोषणा गर्न माग गरे ।