
काठमाण्डु, १२ चैत- जनता समाजवादी पार्टी जसपा का नेता अशोक राईले गणतन्त्र र संघीय व्यवस्थामा पनि पहिचान माग्नेहरुको हत्याको शृंखला नरोकिएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान जारी गर्ने बेलामा मधेशमा पहिचानको अधिकार माग्ने ५९ जनाको हत्या भएको र अहिले कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनमा पनि हत्या शृंखला जारी रहेको बताए ।
यस किसिमका दुखद घटनाहरुको शृंखलाहरुको अन्त्य कहीं पनि भइरहेको छैन । संविधान जारी गर्ने सिलसिलामा भएको विरोध कार्यक्रम मधेश जनविद्रोहमा ५९ जनाको निधन भएको थियो’ नेता राईले भने, ‘हामीले लोकतान्त्रिक परिपाटी संघीयता गणतन्त्र स्थापित गरेका छौं ।
तर यही गणतन्त्र, लोकतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको ज्यान लिने शृंखलाको कडी थपिन गएको छ । यो निन्दनीय छ ।’