
काडमाण्डु, १२ चैत- चैत १० गते नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुने अवस्था टरे पनि नागरिक उड्डयन प्राधिकरणले एयर कन्ट्रोलरका दुई कर्मचारीलाई कारबाही गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त घटनामा संलग्न रहेका दुई अधिकारीलाई तत्कालको लागि निष्क्रिय रहन निर्देशन दिएको हो।
ती कर्मचारीहरूको नाम खुलाइएको छैन।चैत १० गते शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको थियो। मलेसियाको क्वालालम्पुरबाट काठमाण्डुआउँदै गरेको नेपाल एयरलाइन्स र नयाँदिल्लीबाट काठमाण्डु आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किएका थिए।
१९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किने अवस्था आएको थियो।
नेपाल एयरलाइन्सको जहाज पनि ७ हजार फिट तल ओर्लिएपछि सम्भावित ठूलो दुर्घटना टरेको थियो।नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटको उचाइमा होल्ड गरिरहेको बेला एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिट तल आएको थियो।
नेपाल एयरलाइन्सको जहाजलाई विमानस्थलको तल्लो भागमा र एयर इन्डियाको जहाजलाई माथिल्लो भागमा अवतरण गराइएको थियो।यो घटनाप्रति नागरिक उड्डयन प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।