
काठमाण्डु ,१२ चैत- सर्लाहीको मलंगवाबाट सशस्त्र प्रहरीले १ सय ८८ किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर–१० गण हेडक्वार्टर सर्लाहीबाट खटिएको टोलीले १ सय ८८ केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी)पुरुषोत्तम थापाले जानकारी दिए ।मलंगवा नगरपालिका–११ गम्हरीया स्थित झिम खोला बाँध इलाकाबाट लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा भेटिएको उनले बताय।
प्रहरीको गस्ती टोलीलाई देखेपछि तसकर हरु गाँजा छाडेर भागेका थिए । बरामद गाँजा सशस्त्र प्रहरीको नियत्रमा छ।