उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय

काठमाण्डु टुडे २०७९ चैत १ गते १२:३५ मा प्रकाशित

काठमाण्डु,१ चैत– कांग्रेस उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले यस्तो निर्णय गरेको हो ।

जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका छन । चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।

नेकपा एमालेले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई र जनमत पार्टीकी ममता झा लाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ । यस्तै कांग्रेसले आगामी १० वैशाखमा चितवन– २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us