
पोखरा,१ चैत– पोखरामा चितुवाको आक्रमणबाट एक जना मानिस घाइते भएका छन् । आज (बुधबार) बिहान साढे ७ बजे पोखरा १८ भुकुण्डेमा ध्रुव थापा लगायत ७ जनाले सञ्चालन गरेको कालिज फर्ममा पसेर मानिसलाई आक्रमण गरेको जिल्ला वडा प्रहरी कार्यालय वैदामका डिएसपी वेद जोशीले जानकारी दिएका छन ।
चितुवाको आक्रमणबाट फर्ममा काम गर्ने रुपा गाउँपालिका ४ बस्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी घाइते भएका छन् । साथै फर्मका २ वटा कालिज समेत मरेको प्रहरीले बताएको छ ।
चितुवा फर्मबाट बाहिर निस्कँदा फर्मका ३२ को राजेश तिमिल्सिनालाई समेत घाइते भएको डिएसपी जोशीले जानकारी दिएका छन । उनले भने, ‘दुवै जना घाइतेको मेट्रो सिटी अस्पताल उपचार भइरहेको छ ।
गाला र दाहिने आँखामा सामान्य कोतारिएको छ,’ । चितुवालाई स्थानीय मानिस, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास हुँदा झाडीमा मरेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएका छ ।