मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन ७ गते १२:३२ मा प्रकाशित

काठमाण्डु ,७ फागुन- सुनसरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

सुनसरीको हरिनगर गाउँपालिका- १ मा मोटरसाइकलले ठक्कर दिदा सुबोध मुखियाकी ७ वर्षीय छोरी नैना कुमारी रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भयकी नैना कुमारीको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको बतायको छ।

बालिका सडक पार गर्दै गर्दा को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकल चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us