निर्वाचन खर्च नबुझाएका सबै उम्मेदवारलाई तत्काल कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डु टुडे २०७९ फागुन ४ गते १८:०९ मा प्रकाशित

काठमाण्डु,४ फागुन– सर्वोच्च अदालतले निर्वाचन खर्च नबुझाएका सबै उम्मेदवारहरुमाथि तत्काल कारबाही नर्गन आदेश दिएको छ ।

काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहा बालेनले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार यस्तो आदेश दिएको छ ।

बिहीबार सार्वजनिक संवैधानिक इजलासको आदेशमा बालेन मात्र नभई खर्च विवरण नबुझाउने सबै उम्मेदवारलाई तत्काल कारबाही नगर्न आदेश दिएको हो ।

निर्वाचन आयोगले खर्च समयमा खर्च विवरण नबुझाएको भन्दै स्थानीय तह निर्वाचनका कतिपय उम्मेदवारलाई जरिवाना तिर्न ताकेता गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us