
काठमाण्डु,४ फागुन– एमाले निकट अनेरास्ववियुको नेतृत्व चयनका लागि काठमाण्डुको प्रज्ञा भवनमा मतदान जारी छ । २ फागुनदेखि चलिरहेको २३औं महाधिवेशनबाट नेतृत्वमा पुग्न पाँच जना प्रतिस्पर्धामा रहेका छन ।
अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, याङ्छु योञ्जन, मोती विक र लोकेश निरौलाको उम्मेदवारी रहेको छ ।
चार उपाध्यक्षका लागि १७ जनाको प्रतिस्पर्धा भएको छ । महासचिव पदका लागि पनि पाँच जना बीच नै प्रतिस्पर्धा हुने भएको छ । सुदर्शन सिवाकोटी, भाष्कर खनाल, नरेश रोकाया, उमेश आचार्य र कल्पना वाइवा महासचिव पदका लागि प्रतिस्पर्धामा छन् ।
१० सचिव पदका निम्ति ५८ जनाको उम्मेदवारी परेको रहेको छ । कोषाध्यक्षमा पनि पाँच जना नै उम्मेदवार छन् । संगम अर्याल, सुजन कार्की, प्रज्वल फुँयाल र प्रदीप बीसीले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
चुनावी मैदानम उत्रिएका उम्मेदवार संख्या ६१४ रहेको अध्यक्ष मण्डलका सदस्य रचना खड्काले जानकारी दिइएकी छन । उनका अनुसार, अहिले ४२ मत केन्द्रबाट मतदान जारी छ । उनका अनुसार, आजै नतिजा आउनेछ । यो महाधिवेशनमा १५ सय ८८ प्रतिनिधि सहभागी रहेका छन ।