बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक

काठमाण्डु टुडे २०८२ असार ६ गते १६:५३ मा प्रकाशित

काठमाण्डू ६ असार– अन्तरजिल्ला सुरक्षा समन्वय समितिले बीपी राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दै (खुर्कोट र काभ्रेभञ्ज्याङ सडक खण्ड) मा आगामी १५ दिन रातिको समयमा सवारी चलाउन पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन ।

साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधन चल्न रोक लगाउने निर्णय भएको उनले जानकारी दिएका छन । यसबारे विस्तृत सूचना सडक डिभिजन कार्यालयले निकाल्नेछ ।

प्रमुख जिल्ला अधिकारी थापाले सडकले सम्भवतस् आइतबारदेखि लागू हुनेगरी त्यस्तो सूचना प्रकाशित हुने बताए । समितिले काठमाण्डू जाने सवारी काभ्रे भञ्ज्याङमा राक्ने र काठमाण्डू तर्फजानेलाई सिन्धुलीको खुर्कोटमा रोक्ने निर्णय गरेको पनि उनले जानकारी दिएका छन ।

गत असोजमा गएको बाढीपहिरोले उक्त राजमार्गमा क्षति भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us