सांसद भण्डारीलाई मुम्बई लैजाने व्यवस्था गर्दैछौँ: मन्त्री गिरी

काठमाण्डु टुडे २०७९ फागुन ४ गते १२:४५ मा प्रकाशित

काठमाण्डु,४ फागुन– स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजान लागेको बताएका छन ।

भण्डारीलाई भेट्न बिहीबार किर्तिपूरस्थित बर्न अस्पताल पुगेका स्वास्थ्य मन्त्री गिरीले भण्डारीलाई थप उपचारको लागि मुम्बई लैजान लागेको बताएका हुन ।

उनले भारतमा उपचार गराउन लैजाँदा नेता भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us