
मोरङ,३ फागुन– मोरङमा दुई जना पुरुष मृत फेला परेका छन् । छुट्टा छुट्टै स्थानमा दुई जना मृत फेला परेका छन । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
बेलबारी नगरपालिका–३ स्थित पशु हटिया लाग्ने ठाउँमा अन्दाजी ७० वर्षीय वृद्ध पुरुष बुधबार दिउँसो ३ बजेतिर मृत भेटिएका हुन् । उनको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिएका छन ।
सुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिना खोलाको बाँधको पानीमा डुबेको अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष मंगलबार राति मृत फेला परेका छन् । शरीरको आधार भाग पानीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।