
काठमाण्डु,३ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भारत भ्रमणमा जाने भएका छन् ।
नेता खनाल बिहीबार भारतको पटना जान लागेका हुन् । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रण अनुसार पार्टी प्रतिनिधित्व गर्दै नेता खनाल त्यसतर्फ जान लागेका खनालको सचिवालयले जानकारी दिएको छ ।
‘बिहीबार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लाग्नुभएको हो’, नेता खनालको सचिवालयले जनाएको छ ।
त्यस क्रममा नेता खनालले राजनीतिक भेटघाट समेत गर्ने बुझिएको छ । उनले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।