
काठमाण्डु,३ फागुन– प्रहरीले काठमाण्डुको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
न्यायको माग गर्दै निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्ने बिनु यादवसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । बिनुसहितको साथबाट दुई लिटर पेट्रोल र टायर पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी सीताराम कोइरालाले जानकारी दिएका छन ।
बिनुले श्रीमानबाट आफू पीडित भएको भन्दै निरन्तर न्यायको माग गरी आन्दोलन गर्दै आएकी छन् । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।