
काठमाण्डु,३ फागुन– कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलाका प्रहरी पक्राउ गरेको । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यलय बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई प्रहरीले मङ्गलवार राती पक्राउ गरेको हो । कलाकार खतिवडासहित २ जनालाई मादक पदार्थ पिएर झगडा गरेको आरोप छ ।
मङ्गलवार राति बेलबारी नगरपालिका १ स्थित होटेलमा मादक पदार्थ पिएका खतिवडाले मादक पदार्थले मातेर झगडा गरेका थिए ।
होटेलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिएका छन ।
पीडित पक्षले इलाकामा आएर अहिलेसम्म जाहेरी भने दिएको छैन । ‘छलफलको लागि दुवै पक्ष आउने भनेका छन्,’ उनले भने, ‘पीडितले जाहेरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ ।’
पीडित पक्षका आफन्तहरू प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने कार्कीले जानकारी दिए ।