संसद् भवन अगाडि घरेसु हिंसाबाट पीडित बनेकी यादव पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन ३ गते १५:३७ मा प्रकाशित

 काठमाण्डु,३ फागुन– संघीय संसद् भवन अगाडि घरेसु हिंसाबाट पीडित भएकी बिनु यादव पक्राउ परेकी छन् । निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाण्डुले जानकारी दिएको छ ।

उनले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए ।

अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन पनि गरेकी थिइन् । पछि बिनुले प्रदीपका काका पठन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us