भरुवा बन्दुकसहित एकजना पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन ३ गते १५:२० मा प्रकाशित

काठमाण्डु,३ फागुन– प्रहरीले पाल्पाबाट एक थान एकनाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका–१ फोक्सिङ्कोट पोख्रेल टोल बस्ने ७७ वर्षीय सन्त बहादुर विक रहेका छन ।

आफ्नो कुखुरा सोही ठाउँ बस्ने सुभराज विकको कुकुरले खाएको विषयमा सन्त बहादुरले एकनाले भरुवा बन्दुकले उक्त कुकुरलाई हानी मारेको भन्ने खबर

प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । घटना बारे थप थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us