
काठमाण्डु, २ फागुन– जिल्ला प्रहरी कार्यालय झापाले चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेची नगरपालिका १० का ३८ वर्षीय नौसाद आलम रहेका छन ।
प्रहरीले मंगलबार चोरी मुद्दाका फरार प्रतिवादी आलमलाई पक्राउ गरीएको प्रहरीले बताएको छ । उनलाई कैद भुक्तानीको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिएका छन ।