
काठमाण्डु, २ फागुन– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक भएको बताएका छन ।
नेपालगञ्जमा सोमबारदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारलाई प्राथमिकतामा राखेको बताएकी छन ।
उनले देशलाई सूचना प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउन प्रविधिलाई जनमुखी बनाउने बताएकी छन । उनले भनिन्, ‘ विज्ञान र प्रविधिको विकास गर्नका लागि देशको हरेक क्षेत्रमा लगानी बढाउनुपर्छ र सबैलाई अवसर प्रदान गर्नुपर्छ’।