अन्तर्घातबारे छानबिन गर्न जसपाले थप्यो म्याद

काठमाण्डु टुडे २०७९ फागुन २ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, २ फागुन– ४ मंसिरमा भएको निर्वाचनमा पार्टीभित्र भएको अन्तर्घातबारे छानबिन गर्न जनता समाजवादी पार्टी जसपा नेपालले म्याद थपेको छ ।

छानबिन गरी कार्यदलले माघ मसान्तभित्र प्रतिवेदन बुझाउनुपर्ने थियो तर छानबिनको काम नसकिएकाले म्याद थपेको छ । अब छानबिनका लागि फागुन १५ गतेसम्मका लागि म्याद थप गरिएको छ ।

जसपाले चुनावमा भएको अन्तर्घातबारे छानबिन गर्न कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदलले विभिन्न १५ वटा जिल्लामा छानबिन गर्ने भनेर सूची तयार गरेको छ । सोही अनुसार छानबिन सुरु गरिएको कार्यदलका संयोजक थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us