मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई फेरि व्युझ्याउने प्रयत्न भइरहेको छ: पोखरेल

काठमाण्डु टुडे २०७९ फागुन २ गते १५:१८ मा प्रकाशित

काठमाण्डु, २ फागुन– एमालेका महासचिव शंकर पोखरेलले नेपालका राष्ट्रिय शक्तिहरुलाई कमजोर बनाउने विदेशीहरूले चलखेल गरिरहेको बताएका छन ।

आज पार्टी मंगलबार काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

महासचिव पोखरेलले नेपालको राजनीतिमा विदेशीले गर्न खोजेको षड्यन्त्रलाई असफल पार्न अनेरास्ववियुले अग्रसरता लिनुपर्ने बताएका छन ।

उनले भने, ‘ नेपालको राष्ट्रिय राजनीतिलाई कमजोर पार्ने विदेशीहरूले खेल खेलिरहेका छन् । त्यो खेल असफल पार्न अनेरास्ववियुका योद्धाहरू देशभक्त योद्धाका रूपमा राष्ट्रिय राजनीतिमा अघि आउन जरुरी छ’, पोखरेलले स्वाधीनता र स्वाभिमान जोगाउन केपी ओलीले चल्ने कदममा सहयोग गर्न आग्रह समेत गरेका छन ।

उनले नेपाली राजनीतिमा तीन प्रकारका चुनौती रहेको भन्दै ती समस्यामध्ये एक मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई जगाउने षड्यन्त्र रहेको बताएका छन ।

उनले भने, ‘आज नेपाली समाजमा जुन प्रकारका समस्याहरू छन् । त्यो समस्याको जगबाट मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई फेरि व्युझ्याउने प्रयत्न भइरहेको छ ।

त्यसको खबरदारी गर्ने काम आजको अनेरास्ववियुले गर्नसक्नुपर्छ’ । उनले मसानघाटमा पुगेको प्रेत व्युत्याउने प्रयास कुनै हालतमा सफल नहुने चेतावनी समेत दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us