धनगढी, ४ साउन – घरमा पाहुनाका रुपमा बास बस्न आएका एक व्यक्तिको कुटपिटबाट धनगढी नगरपालिका–८ मनहेराका ईश्वर विष्टसहित केही व्यक्ति घाइते भएका छन् ।
बझाङ घर भई धनगढीको बेली गाउँमा बस्दै आएका रामबहादुर थापाले शुक्रबार राति विष्टको घरपरिवारका सदस्यलाई कुटपिट गरेको पीडित विष्टलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मदिरा सेवन गरी बास बस्न आएका थापाको कुटपिटबाट विष्टसहित उाका घरपरिवारका अन्य तीन÷चार जना घाइते भएको बताइएको छ ।
सेती अञ्चल अस्पतालमा उपचारार्र्थ भर्ना भएका घाइतेको अवस्था सामान्य रहेको छ । प्रहरीले कुटपिटमा संलग्न थापाको खोजी गरिरहेको छ ।