कार्यकर्ताले नै लुटे माओवादी कार्यालय

काठमाण्डु टुडे २०७१ साउन ४ गते १:४९ मा प्रकाशित

maoist-flagकाठमाण्डु, ४ साउन –   नेकपा-माओवादी काभ्रेको एक समूहले पार्टीका जिल्ला कार्यालय लुटेका छन् । तीन महिनासम्म जिल्ला नेतृत्व स्थापित हुन नसकेपछि माओवादीमा चुलिएको विवादले कार्यालय लुटिनेसम्मको अवस्था आएको समाचार आजको राजधानी दैनिकमा छ ।

गुरिल्ला शैलीमा रातारात कार्यालय लुटिएको जिल्ला सेक्रेटरीका दाबेदार चुडामणि गौतम समूहले आरोप लगाएको छ ।

साउने संक्रान्तिमा कार्यकर्ता कोही पनि नभएको समयमा युद्धको शैलीमा आएर राति एकाएक पार्टी कार्यालय लुटिएको सो समूहले बताएको छ । धुलिखेलस्थित जिल्ला पार्टी कार्यालयमा सेक्रेटरीका दाबेदार दीपक देवकोटा, पूर्वसभासद रुकु चौलागाँइ, र गीता रसाइलीको समूहले कार्यालय लुटेको माओवादीका जिल्ला नेता लेखराज मगरले बताए ।

उनका अनुसार पार्टी कार्यालयमा भएका कम्युटर, दराज, मेच  र टेबुल लगायतका सामाग्री लुटेर लगिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us