‘जति धेरै सन्तान, उति बढी यार्सा’

काठमाण्डु टुडे २०७१ साउन ४ गते १:३८ मा प्रकाशित

yarshagumbaकाठमाण्डु, ४ साउन – मेलबिसौना ३ का धन गिरी जेठाराले दुई पत्नीबाट १० छोराछोरी जन्माएका छन्। यार्सा टिपेर अझै धेरै कमाउने लोभका कारण उनले परिवार नियोजनसमेत गरेका छैनन्।

पहिले धेरै छोराछोरी भए भने कसरी पाल्ने भनेर चिन्ता हुन्थ्यो। अब त जसका धेरै छोराछोरी छन् उनीहरू नै धनी हुन्छन्। चिन्ता गर्ने कुरै छैन, जेठारा भन्छन्।

यार्सा टिपेर जेठराको परिवारले बर्सेनि १० लाखभन्दा बढी कमाउँछ। जेठारा एउटा प्रतिनिधि पात्र मात्रै हुन्। पछिल्लो समयमा बझाङका दुर्गम गाउँमा यार्साका लागि सन्तान बढी जन्माउने र परिवार नियोजन नगर्ने प्रवृत्ति विकास भएको छ। जेठअसार महिनालाई यहाँ पैसा टिप्ने सिजनु भनिन्छ।

किनभने यही समयमा गाउँका मानिस यार्सा टिपेर वर्षभरिको गुजारा जुटाउँछन्। कमाइको मात्रा घरका सदस्यको संख्यामा भर पर्छ। त्यसैले आजभोलि यहाँ भन्ने गरिन्छ, जति धेरै सन्तान, उति बढी कमाइ ९यार्सा०। जेठाराले गाउँमा परिवार नियोजन गर्ने क्रम पहिलेभन्दा धेरै घटेको बताए। पहिलेजस्तो परिवार नियोजन गर्न आजभोलि धेरैले मान्दैनन्, उनले भने।

दौलीचौर-८ का कुन्दन बोहोराले दुई भाइबहिनीमात्र भएकाले धेरै यार्सा टिप्न नसकेको बताए। यसपटक दुई भाइबहिनीसहित उनी यार्सा टिप्न गएका थिए। उनीहरूले ६ सय ५० वटामात्र यार्सा टिपेका छन्। कक्षा ३ मा पढ्दादेखि नै यार्सा टिप्न लागेका १७ वर्षीय कुन्दनले भने, हाम्रो त के कुरारु दिनेश बोहोराका भाइबहिनीले पो धैरै कमाए।

यार्सा टिप्न पाका मानिसभन्दा स्कुले बालबालिका नै बढी सिपालु हुन्छन्। ठूला मान्छेले खासै भेट्टाउँदैनन, कुन्दनले भने, जसका भाइबहिनी, छोराछोरी धेरै हुन्छन्, उसैको यार्सा बढी हुन्छ। कमाइ पनि धेरै हुन्छ।
बालबालिकाले यार्सा बढी भेटाउन थालेपछि अभिभावकले छोराछोरीलाई लेकतिर लिएर जान थालेका छन्। अहिले त अभिभावक लेकमा खाद्यान्‍न पुर्‍याउन मात्रै जान्छन्। प्राय बालबालिका नै यार्सा टिप्न जान्छन, कुन्दनले भने।

दौलीचौर, सुर्मा, काँडा, मेलबिसौना, दाँतोलाजस्ता हिमालनजिकका बासिन्दा छोराछोरी बढी जन्मेकोमा दंग छन्। पहिले धेरै छोराछोरी भए भने कसरी पाल्ने भनेर चिन्ता हुन्थ्योु, दौलीचौरका गणेश बोहोराले भने,तर अहिले त्यस्तो पीर मान्नुपर्दैन। छोराछोरी धेरै हुनेले त यार्सा पनि धेरै टिप्छन् र निकै कमाउँछन्। मेरा दुई छोरा दिनेश, मनोज र छोरीहरू अनिता, सुनिताले यसपालि एक हजार सात सय कीरा यार्सा टिपेका छन्। उनीहरूले टिपेको यार्साले यसपालि १० लाख जति हुन्छ।

काँडा गाविस धलौनका शिक्षक ध्वज बिष्टले यसपालि आफूले खासै यार्सा टिप्न नसकेको बताए। उनले भने, छोराछोरीले फटाफट देख्छन्। हामीले दुस्ख गर्नुमात्रै हो। बझाङको उत्तरी भेगमा यार्सा टिप्न गएका सबै यसै साता घर फर्किसकेका छन्। जिल्ला र बाहिरका गरी एक हजार तीन सयभन्दा बढी विद्यार्थी यार्सा टिप्न लेकतिर गएका थिए।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us