अज्ञात रोगले चौपाया मर्न थालेपछि किसान चिन्ति

काठमाण्डु टुडे २०७१ साउन ४ गते १:२८ मा प्रकाशित

सप्तरी, ४ साउन– सप्तरीको भारदह गाविसमा केही दिनयता अज्ञात रोगका कारण धमाधम पशु चौपाया मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

मुखबाट र्‍याल चुहिने, सामान्य ज्वरो आउने र केही छिनमै पशु चौपाया छट्पटाएर मर्ने गरेको स्थानीय पशुपालकहरुले बताएका छन् । भारदह–५ का गोसाइ मण्डलका एउटा बाछा, मोहन माझी र भारदह–६ का परमेश्वर खड्काको एक–एक गोरु र नन्दी मण्डलको एउटा बाछो अज्ञात रोगकै कारण मरेको छ ।

पशु चौपायामा रोगको लक्षण देखिएपछि पशु चिकित्सकलाई खबर गरेको केही बेरमै मर्ने गरेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us