
काठमाण्डु,२५ माघ– एमालेको केन्द्रीय लेखा आयोगले पार्टीको विधान र नियमावलीको व्यवस्थाविपरीत लेखा परीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने कमिटीलाई स्पष्टीकरण सोध्ने भएको छ ।
आयोगले त्यसरी आयोजना हुने कमिटीका अधिवेशन परिषद्लाई मान्यता नदिन पार्टीलाई अनुरोध समेत गरेको छ । गत साता लुम्बिनी प्रदेशमा बसेको बैठकको निर्णयानुसार पार्टीलाई सो आग्रह गरिएको आयोगका अध्यक्ष डा. पुष्पराज कँडेलले जानकारी दिएका छन ।
सो बैठकले आम निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पार्टी केन्द्रीय कोषको चालू आर्थिक वर्षको आन्तरिक लेखा परीक्षण गर्ने, पार्टीको लेखा व्यवस्थापनका लागि
प्रशिक्षण पुस्तिका तयार गर्ने, पार्टी कमिटी, जनसङ्गठन र लेखा कमिटीका लागि लेखा व्यवस्थापन प्रशिक्षण सञ्चालन गर्ने, आर्थिक व्यवस्थापनका आधारमा पार्टी कमिटी र जनसङ्गठनको मूल्याङ्कन गर्ने परिपाटी स्थापना गर्ने निर्णय गरेको थियो ।