दार्चुला, ३ साउन– वर्षातसँगै महाकाली नदीमा पानीको बहाव बढेपछि दार्चुला सदरमुकाम खलंगाका बासिन्दा त्रसित बनेका छन् ।
शुक्रबार रातिदेखि जारी वर्षातका कारण नदीमा पानीको बहाव अत्यधिक भएपछि बाढीको त्रास बढेको हो । नदीको वहाव बढेसँगै अपी नगरपालिका– ११ को पैदल बाटोमा आवतजावत बन्द भएको छ । जिल्लामा यातायात सेवासमेत प्रभावित भएको छ ।
दार्चुला–गोकुलेश्वर सडक खण्डको ग्वानी, शंकरपुरको तेस्रालेक, धामीगाडा, भगवतीको भर्तोला लगायत स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएकाले सदरकुमाम आउने जाने यातायातका साधन नचलेको प्रहरीले जनाएको छ ।
गत असार पहिलो साता आएको बाढीले सदरमुकाम खलंगाका अधिकांश क्षेत्र बगाएको थियो ।