धनकुटा, ३ साउन– होटलहरुमा अनैतिक क्रियाकलाप बढ्न थालेको भन्दै स्थानीयले
गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा बजारका विभिन्न होटलमा छापामार्ने काम तीव्र बनाएको छ ।
छापामार्ने क्रममा प्रहरीले गएराति धनकुटा–६ रमाइलो घुम्तीटोलस्थित युगानुकूल होटलबाट एक जोडी र तास खेलिरहेको अवस्थामा अर्को एक होटलबाट तीनजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक शेषकराम थान्दार नेतृत्वको टोलीले जोडीसहित होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिएको हो ।
यता धनकुटा–७ चुवाको बोट नजिकको निसान होटल एण्ड लजबाट तास खेल्दै गरेको अवस्थामा ३७ हजार नगदसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले होटल सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ ।